काठमाडाैं । मिति २०७९ साल कार्तिक ४ गते बि.ओ.के. क्यापिटल मार्केटको साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बसेको सातौँ वार्षिक साधारणसभाले आव २०७८/७९ को वित्तिय विवरणहरु परित गरेको कम्पनीले जनाएको छ ।
यस्तै उक्त सभाले आव २०७८/७९ मा सचिंत मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय अनुमोदन गर्नुका सथै आगामी आव २०७९/८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय समेत गरेको जनाइएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बिओके. क्यापिटल मार्केट लि, कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि सेवा प्रदान गर्दै आएको छ । कम्पनीले समिक्षा अवधिमा ६ वटा कम्पनीहरुको प्राथमिक शेयर तथा हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, भने जम्मा ११ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको छ । कम्पनीले हालसम्म जम्मा ८५,६८९ हितग्राही खाता खोलिसकेको छ ।
लगानी व्यवस्थापन सेवा अन्र्तगत ९८ जना को १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ ।
मूल्य अभिवृद्धि र बढ्दो व्याजदरले शेयर बजारमा समेत ४० प्रतिशत भन्दा बढी गिरावट आएकोे यस्तो कठिन अवस्थामा पनि कम्पनीले सुझबुझका साथ कार्यसम्पादन गरी आज मिति २०७९/०७/०४ गते सातौ वार्षिक साधारणसभा बाट प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित गर्न सफल भएको छ ।
FACEBOOK COMMENTS