काठमाडौँ । बलिवुडमा हाल दुई ठुला बजेटका फिल्म प्रदर्शनमा रहेका छन् ।
ऋतिक रोशन र जूनियर एनटीआरको वार( २ रिलिज भएको छ भने सुपरस्टार रजनीकान्तको कुली पनि एकसाथ रिलिज भएको छ ।
रजनीकान्तको फिल्मको लागि दर्शकहरूमा ठूलो क्रेज देखिएको छ । रिलिजको ८ दिनमा रजनीकान्तको फिल्म कुलीले भारतमा २२९।७५ करोड कमाई गरेको छ ।
फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ६५ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५४।७५ करोड कमाई गरेको थियो ।
त्यस्तै कुलीले तेस्रो दिन भारतमा ३१।२१ करोड कमाई गरेको थियो भने चौथो दिन ३५।२५ करोड, पाँचौं दिन १२ करोड र छैटौं दिन ९।५० करोड कमाई गरेको छ । त्यस्तै सातौं दिन फिल्मले ७।५ करोड र आठौं दिन विहिबार ६।२५ करोड कमाई गरेको थियो ।
त्यसैगरी वार(२ ले पनि बक्सअफिसमा जबर्जस्त कमाई गरिरहेको छ । फिल्मले आठ दिनमा २०४।२५ करोड कमाई गरेको छ । फिल्मले भारतमा पहिलो दिन ५२ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५७।३५ करोड कमाई गरेको थियो ।
त्यस्तै तेस्रो दिन शनिबार फिल्मले ३३ करोड कमाई गरेको थियो भने चौथो दिन ३२। ६५ करोड, पाँचौं दिन ८।७५ करोड र छैटौं दिन ८।२५ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले सातौं दिन ५।७५ करोड र आठौं दिन ५ करोड कमाई गरेको थियो ।
सुपरस्टार रजनीकान्तकोको फिल्म कुलीले दक्षिण भारतमा आफ्नो दबदबा कायम गरेको छ भने ऋतिक र जुनियर एनटीआरको फिल्म वार(२ ले हिन्दी भाषामा दबदबा कायम गरेको देखिएको छ ।
कुली यस वर्षको बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो । सुपरस्टार रजनीकान्त बाहेक, बलिउड सुपरस्टार आमिर खान, नागार्जुन, श्रुति हासन, सोबिन शाहीर र उपेन्द्र राव पनि यस फिल्ममा मुख्य भूमिकामा देखिनेछन् ।
यो फिल्म करिब ४ सय करोडको बजेटमा बनाइएको छ । अर्कोतर्फ ऋतिक रोशनसँगै जुनियर एनटीआरको फिल्म वार(२ को लागत पनि चार सय करोड रहेको छ ।
FACEBOOK COMMENTS