काठमाडौं । ‘लिटल बुद्ध’ को नाम दिएका तपस्वी राम बहादुर बम्जनलाई आजै सर्लाही लाने भएको छ ।
बुधबार सीआइबीले पत्रकारसम्मेलन गर्दै बम्जनलाई आजै सर्लाही लैजाने जानकारी दिएको हो ।
२०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा आनीका रूपमा रहेकी पीडितको जाहेरीका आधारमा चलेको मुद्दा अहिले जिल्ला अदालत सर्लाहीमा विचाराधीन छ । बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६/१०/२३ अनुमति दिएको थियो ।
यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दा बम्जनमाथि छ । बाराको निजगढ नगरपालिका, वडा नं १२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी निरन्तर फरार थिए ।
FACEBOOK COMMENTS