काठमाडौं, १७ भदौ । लक्ष्मी बैंकले निष्काशन गरेको ऋणपत्र (डिबेन्चर) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
लक्ष्मी बैंकको २ अर्ब मूल्य बराबरको ‘८.५५ लक्ष्मी बैंक डिबेन्चर २०८८’ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । सूचीकरणसँगै उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार गर्न सकिने भएको छ ।
आज बिहीबार एक कार्यक्रम बीच सो ऋणपत्र सूचिकरण सम्बन्धी सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल तथा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरेका छन् ।