काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडलेले लाभांश घोषणा गरेको छ।
कम्पनीको पुस २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जसमध्ये १० प्रतिशत बोनस सेयर र बाँकी ० दशमलव ५२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
त्यस्तै कम्पनीले पुस २६ गतेका लागि साधारणसभा बोलाएको छ । पुस १२ गते बुक क्लोजको मिति तोकेको छ ।
FACEBOOK COMMENTS