काठमाडौं । युनिभर्सल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट ८ दशमलव ५५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ० दशमलव ४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यस कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । कम्पनीले लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि यसले पुस १८ गते बुक क्लोज गर्नेछ ।
FACEBOOK COMMENTS