काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले साधारण सभा घोषणा गरेका छन् । सभाका लागि असोज ७ गते बुक क्लोज गरेका हुन् ।
सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २ आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बोनस सेयर पश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने जनाएको छ ।
कम्पनीले असोज २१ गते सभा बोलाएको छ । सभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।
ओरियन्टल होटल्सले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण वितरण गर्दैछ ।
उक्त लाभांश पारित गर्न कम्पनीले असोज २० गते २७ सभा बोलाएको छ । सभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS