काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले युनिलिभर नेपाल र सिटिजन्स बैंकको लाभांश पाउनुका साथै आगामी साधारणसभामा भाग लिन पाउनेछन् ।
युनिलिभर नेपालले असोज २८ गते र सिटिजन्स बैंकले असोज २९ गते बुक क्लोज गर्दैछन् । असोज २४ देखि असोज २८ गतेसम्म दसैंको सार्वजनिक विदा परेको छ ।
युनिलिभर नेपालले गत वर्षको नाफाबाट लगानीकर्तालाई कर सहित १७ सय १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले कात्तिक १२ गते ३१ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा एभरेष्ट होटल, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ४ः३० बजेबाट सुरु हुनेछ ।
सिटिजन्स बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद सहित ४.२१ प्रतिशत लाभांश दिने जनाएको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कात्तिक १२ गते सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान काठमाडौंमा हुनेछ ।
FACEBOOK COMMENTS