काठमाडौं । रु रु जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले लाभांश प्रयोजनको लागि असोज ३० गते बुक क्लोज गर्दैछ ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५.७८ प्रतिशत लाभांश वितरण दिने जनाएको छ । जसमा रु रुले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने जनाएको छ ।
कम्पनीले कात्तिक ११ गते सभा बोलाएको छ । सभा लिसारा ब्यांकेट, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS