काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले बुक क्लोजको मिति तय गरेको छ ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई करसहित ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ।
उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ एचआइडीसीएलले बुधबार पुस १८ गते बुक क्लोज गर्ने भएको छ ।
FACEBOOK COMMENTS