काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आगामी आर्थिक वर्ष भित्रमा बस्तु विनिमय बजार सञ्चालनमा आउने बताएका छन् । धितोपत्र बोर्डको ३१ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम उनले यस्तो बताएका हुन् ।
कार्यक्रम अध्यक्ष हमालले सेयर बजारको विकास र विस्तारका लागि अर्थमन्त्रीको सदैव आशीर्वाद आवश्यक रहेको बताए । उनले बजार विकासका लागि मन्तालयले गरेको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
अध्यक्ष हमालले पुँजी बजारको विकास र बिस्तारका लागि आगामी दुई महिना भित्र ब्रोकरको संख्या ९३ पुग्ने दाबी गरे । अध्यक्ष हमालले सिआश्वा शुल्क घटाउँदा ५६ लाख लगानीकर्ताको हित भएको छ । उनले आफू बोर्डमा आएपछि भेन्चर क्यापिटल र प्राइभेट ईक्विटि फन्डमा ठुलो फडको मारेका दाबी गरे । हमालले भित्री कारोबारमा २ वटा मुद्दा दर्ता गरेको स्मरण गरे ।
FACEBOOK COMMENTS