काठमाडौं। बलिवुड फिल्म बोर्डर– २ ले भारतीय बक्स अफिसमा तीन सय करोड क्लबमा प्रवेश गरेको छ ।
अघिल्लो शुक्रबार रिलिज भएको बोर्डर–२ ले दोस्रो सातामा निरन्तर शानदार कमाई गर्दै तीन सय करोड क्लबमा पुगेको हो ।
पहिलो साता २४४.९७ करोड कमाई गरेको फिल्मले दोस्रो शुक्रबार १२.५३ करोड, शनिबार २०.१७ र आइतबार २४.२२ करोड कमाई गर्दै अहिलेसम्म ३०१.८९ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।
करिब २०० करोडमा बनेको यो फिल्म १९९७ मा रिलीज भएको सुपरहिट फिल्म बोर्डरको सिक्वेल हो । १९९७ मा बोर्डरले पहिलो दिनमा १.१० करोड कमाएको थियो ।
त्यस्तै फिल्मले त्यतिबेला कुल नेट बक्स अफिस कलेक्सन ३९.३० करोड गरेको थियो । बोर्डर–२ मा सनी देओल, वरुण धवन, दिलजीत दोसांझ, अहान शेट्टी, मोना सिंह, मेधा राणा, सोनम बाजवा र अन्या सिंहको प्रमुख भूमिका रहेको छ ।

अनुराग सिंह र निखिल नटराजनले लेखेको यस फिल्मका निर्देशक अनुराग सिंह हुन् । त्यस्तै यो फिल्म भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ता (टी–सिरीज फिल्म्स र जे.पी. फिल्म्सको ब्यानर अन्तर्गत) ले बनेको हो ।

FACEBOOK COMMENTS