काठमाडौं । संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिशमा चैत २७ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि चैत्र १९ गतेदेखि चालु अधिवेशन बोलाइएको थियो ।
सरकारले छिट्टै बजेट अधिवेशन बोलाउन चालु अधिवेशन अन्त्यको सिफारिस गरेको बताइएको छ ।
