काठमाडौं । जारी पीएम कप अन्तर्गतका आजका दुवै खेल रद्ध भएका छन् । बर्षाका कारण खेल पुरा हुन नसकेपछि आजका खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।
आजको खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध पहिला ब्याटिंग गर्दै एपीएफले ९.५ ओभरमा ३ विकेट गुमाएर ८५ रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थ्यियो ।
त्यस्तै अर्को खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबविरुद्ध पहिला ब्याटिंग गर्दै १८ ओभरमा २ विकेट गुमाएर १०३ रन बनाएको अवस्थामा खेल रद्ध भएको थियो ।
आजको खेलपछि अंक तालिकामा नेपाल पुलिस क्लब र आर्मी क्लबको ४–४ खेलमा ५–५ अंक भएको छ भने एपीएफको ३ खेलमा ३ अंक छ भने गण्डकी प्रदेशको ३ खेलमा एक अंक रहेको छ ।
FACEBOOK COMMENTS