काभ्रे । बाढी र पहिरोको जोखिम बढेकोले बीपी राजमार्गमा १५ दिनसम्मका लागि रातिमा बन्द गरिने भएको छ ।
काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले शुक्रबारदेखि नै साँझ ६: ३० बजेदेखि विहान ५ बजेसम्म यात्रुवाहक सवारी साधन चलाउन रोक लगाईएको हो ।
मनसुन सुरु भएसँगै बाढिपहिरोको जोखिम बढेको भन्दै यस्तो निर्णय लिइएको बताइएको छ ।
गएराती मात्र रोशी नदीको बीचमा फसेका पाँच जनालाई सकुशल उद्धार गरिएको थियो ।
FACEBOOK COMMENTS