काभ्रे । बिपी राजमार्गमा सबै प्रकारका सवारी साधन सुचारू भएका छन् ।
रोशी खोलामा पानीको बहाव कम भएसँगै अवरुद्ध भएका सबै स्थानहरूमा बाटो मर्मत पश्चात हाललाई साना ठुला सबै प्रकारका गाडीहरूको आवागमन सुचारु गरिएको काभ्रे प्रहरीले जानकारी दिएको छ ।
यसअघि बिपी राजमार्गको चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गामा अबिरल बर्षाको कारण रोशी खोलाको पानिको बहाव बढी सडक पूर्ण रूपमा अवरुद्ध रहेको थियो ।
FACEBOOK COMMENTS