काठमाडाैँ। बिपी राजमार्गमा रातिको समयमा पनि उतिकै सवारी आगमनको चाप हुने सडक हो । तर,गत असोज ११ र १२ गते आएको अविरल वर्षाले क्षतविक्षत बनाएको यो मार्गमा बैकल्पिक बाटो बनाएर सवारी आगमन सूचारु गरिएपछि यात्रुको चाप बढ्न थालेको छ ।
सडक सुधारका लागि उक्त सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ । केहि दिनमा सवारी चाप क्रमश घट्दै जाने भएकाले त्यसपछि सडकको सुधार र मर्मतको कामलाई थप तीव्रता दिने सडक डिभिजनले पत्रचार गरेको थियो । तर,राति चल्ने सवारीसाधन दिउँसो पनि चलाउनुपर्ने बाध्यताले सवारी आगमन ह्वातै बढेको हो । यस क्षेत्रको यात्रा थप कष्टकर बन्न पुगेको यात्रुहरु बताउँछन् ।
बाढीपहिरोका कारण बिपी राजमार्गको चौकीडाँडादेखि बर्खेखोलासम्मको मुख्य सडक पूर्ण रुपमा क्षति भएको छ । बाढीपहिरोका कारण ठाँउठाँउमा क्षतिग्रस्त बनेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ । बाढीपहिरोले सडक नै बगाएपछि खोलाको किनारमा डाइभर्सन बनाएर सवारी आवागमन सूचारु गराइएको छ ।
तर डाइभर्सन गरि बनाइएको सडकको अवस्था राम्रो नभएको र केहि स्थानमा एकतर्फी भएका कारण सवारी साधान लामो जाममा पर्ने गरेका छन् । दशैंको अगाडी सडक बगाएपछि सडक डिभिजनले यात्रुहरुको सहजताका लागि छिटो छिटो डाइभर्सन निर्माण गरेको थियो ।
FACEBOOK COMMENTS