काठमाडौं । बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ-आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ ।
सनफ्लावर, तोरी र भटमासको तेल सबै खाने तेल हुन् र प्रतिस्थापन्न वस्तु हुन् । रुचिअनुसार उपभोक्ताले सनफ्लावर, तोरी वा भटमास रोज्न सक्छन् तर यी खाने तेलका उद्योगपिच्छे फरक फरक ब्रान्ड छन् । फरक फरक ब्रान्ड र तिनको फरक फरक मूल्यले भने उपभोक्तालाई झुक्याइरहेको छ ।
धारा ब्रान्डको तोरीको तेलको मूल्य प्रतिलिटर ३७० रुपियाँ छ । तृप्ति तोरीको तेल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिलिटर २७५ रुपियाँमा बेचिरहेको छ । पतञ्जली तोरीको तेल र भुुटेको तोरीको तेल प्रतिलिटर चार सय रुपियाँ छ ।
ब्रान्ड त खालि उद्योग चिनिने एउटा माध्यम मात्रै हो । बढी आकर्षक विज्ञापन नगरिएका तर खाद्य विभागबाट स्वीकृति लिएर सञ्चालन भएका सबै तेल गुुणस्तरीय छन् । यसैगरी सनफ्लावर तेलको प्रतिलिटर मूल्य सीजीको २८५ रुपियाँ, सनफ्लो तेल २९० रुपियाँ र धारा हेल्थ ३३०-३३५ रुपियाँमा खुद्रा बिक्री हुन्छ । सीजीको भटमास तेल प्रतिलिटर २४० रुपियाँमा कारोबार भएको छ ।
खाने तेल उत्पादक-उद्योगले उपभोक्ता आकर्षित गर्न आफ्नो ब्रान्डको प्रचारप्रसार गरिरहेका हुन्छन् । ‘कोलेस्ट्रोल फ्री’, ‘मुटु बलियो बनाउँछ’ जस्ता सन्देशले उपभोक्तालाई आकर्षण गरिरहेको हुन्छ । बजारमा आकर्षक बोतल, पाउचमा बेच्न राखिएका धेरैजसो तेल प्रशोधित हुन् । शुद्ध तेलमा कुनै पनि रसायन नमिसाइने भएकाले चिकित्सक यसलाई स्वास्थ्यवद्र्धक मान्छन् । प्रशोधित तेलमा ओमेगा–६ नामक रसायन हुने भएकाले मानव स्वास्थ्यका लागि त्यति राम्रो नहुने विज्ञको भनाइ छ ।
त्यसैले खाने तेलको छनोट गर्दा प्रशोधितभन्दा अप्रशोधित शुद्ध तेल नै उत्तम हुने सल्लाह चिकित्सकले दिने गरेका छन् । खाद्य प्रविधि तथा गुुणस्तर विभागले भने खाने तेल होस् वा अन्य सामानको ब्रान्डले गर्दा उच्च गुणस्तरको भएर महँगो हुने र ब्रान्ड नभइसकेको सामानको मूल्य कम हुँदैमा गुुणस्तरहीन हुने दाबी गर्छ ।
विभागका निर्देशक मोहनकृष्ण महर्जनले खाने तेल उत्पादनका लागि पालना गर्नुुपर्ने न्यूनतम मापदण्ड पालना गरेका सबै तेल गुुणस्तरीय वा खानयोग्य हुने बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS