BREAKING : नेता र मन्त्रीहरूलाई नेपाली सेनाले भैरवनाथ गणमा पुर्‍यायो

काठमाडौं । जेनजीहरूको देशव्यापी आन्दोलनबाट असुरक्षित रहेका विभिन्न राजनीतिक दलका नेता र मन्त्रीहरूलाई नेपाली सेनाले भैरवनाथ गणमा लगेर सुरक्षा दिएको छ ।केहीबेरअघि नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई महाराजगञ्जस्थित सो गणमा पुर्‍याइएको स्रोतले जानकारी दिएको छ ।मन्त्रीहरूलाई लिन भैंसेपाटीस्थित मन्त्री क्वार्टरमै सेनाको हेलिकोप्टर पुगेको थियो ।