काठमाडौँ । ब्रिज इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीका सीईओ भुवन गिरि भारतको प्रतिष्ठित कर्पोरेट म्यागजिन प्राइम इनसाइट्सको विशेष संस्करणमा प्रकाशित भएको छ ।
शिक्षा परामर्श क्षेत्रमा नयाँ पन ल्याउने दूरदर्शी व्यक्तित्वका रूपमा परिचित गिरिको यो सफलताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको हो ।
३० वर्षको उमेरमै शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेका गिरिको नेतृत्वमा ब्रिज इन्टरनेशनलले नेपालमा १८, अस्ट्रेलियामा ३, यूके र क्यानाडामा १–१ शाखा विस्तार गरेको छ । जहाँ एकसय भन्दा बढी युवाहरूले रोजगारी पाएका छन् ।
गिरिले रियल–टाइम डिजिटल सीआरएम, एचआर प्रणाली, पे–स्लिप जस्ता प्रविधिहरू भित्र्याएर आफ्ना कर्मचारीहरूको बीमा र कानुनी सुरक्षा सुनिश्चित गरेका छन्, जुन नेपालको शिक्षा परामर्श क्षेत्रमा पहिलो
हो । विदेशमा रहेका विद्यार्थीहरूलाई सहयोग र मार्गदर्शन गर्ने उनको प्रयासले धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ । कम्पनीले वार्षिक रूपमा ‘ग्रान्ड रिट्रीट प्रोग्राम’ आयोजना गर्छ, जुन नेपाली शिक्षा परामर्श क्षेत्रमै सबैभन्दा ठूलो मानिन्छ ।
यसका साथै, ‘कर्मचारी कल्याण तथा मूल्याङ्कन कार्यक्रम’ अन्तर्गत हरेक महिना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिन्छ भने वर्षको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीहरूलाई सम्मान गरिन्छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत ब्रिजले दुर्गम क्षेत्रका विद्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीहरूलाई सहयोग गर्दै आएको छ ।
यसका साथै, देशका विभिन्न स्थानमा शिक्षा मेला, सामाजिक कार्यक्रम, सांगीतिक कार्यक्रम र एआई सम्मेलनहरू आयोजना गरेर समुदायसँग नजिकको सम्बन्ध स्थापित गरेको छ ।
FACEBOOK COMMENTS