काठमाण्डौं, नेपालमा द्यथ्म् को आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले विश्व वातावरण दिवसको अवसरमा १५०० रुख रोपेको छ । “बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट” परियोजनाको सहयोगमा बृक्षारोपण अभियान गरिएको हो ।
यो पहल गरेर साइमेक्सले काठमाण्डौंमा वायुप्रदुषणको प्रतिकुल प्रभावलाई कम गर्न प्रयास गरेको छ । “बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट” अभियानले बृक्षारोपणको लागि मियावाकी प्रविधीको प्रयोग गर्दै समग्रर प्रभावकारी बृक्षारोपणको प्रकृया सुनिश्चित गर्नेछ । यो दृष्टिकोण घना र बिविध खालको रुखहरुको बृक्षारोपण गरि चखण्डोल सामुदायिक वनको समुन्नत विकासको लागि बढावा दिने जनाइएकाे छ ।
कार्यक्रमा वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतोले अभियानको सुरुवातको प्रतीकका रुपमा पहिलो बिरुवा रोपेर उद्घााटन
समारोहमा सहभागीता जनाएका थिए ।
साइमेक्स इंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ग्राहक, पर्यावरणबिध, सरकारी प्रतिनिधी र द्यथ्म् नेपालको सम्मानित ब्राण्ड एम्बेसडर हरिवंश आचार्य जस्ता प्रमुख व्यक्तिहरुलाई पनि निमन्त्रणा गरेको थियो ।
वातावरण संरक्षणमा साझा समर्पणको प्रतिनिधित्व गर्ने करिब २०० रुखको औपचारिक रोपण गरि कार्यक्रमको समापन भएको थियो भने बाँकी १३०० रुखहरु आगामी १५ दिन भित्रमा रोप्ने तालिका रहेको छ ।
FACEBOOK COMMENTS