काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताएका छन् ।
गोल्छा ग्रुपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को रामग्राम नगरपालिका–११ उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भ समारोहमा मन्त्री रिजालले लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताएका हुन् ।
उनले भने, ‘कोरियाले नेपाली युवालाई रोजगारी दिनेदेखि नवीनतम प्रविधिको विकासमा वर्षौँदेखि सहयोग गर्दै आएको छ। ‘
नेपालमा नै कोरियाली प्रविधिको टेलिभिजन उत्पादनले व्यापार घाटा घट्नुका साथै नेपालमा रोजगारीसमेत बढ्ने उनको विश्वास थियो ।
मन्त्री रिजालले भने, ‘विदेशी प्रविधि भित्र्याउन आवश्यकपर्ने नीतिगत सुधार गर्न हामी प्रतिबद्ध छौँ ।’
गोल्छा ग्रुपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका–११ मा उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको छ ।
FACEBOOK COMMENTS