काठमाडौं । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई सरकारले तीन वर्षसम्म पनि कार्यान्वयन नगरेको भन्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीले सर्वोच्चले नेपालीलाई अरू देशका सेना बनाउन रोक्न दिएको सकारात्मक फैसलालाई सरकारले कार्यान्वयन नगरेकाले विरोध गरिएको जनाएका छन् ।
संगठनका अध्यक्ष पदमसुन्दर लिम्बूले ०७९ माघ २४ गते सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको दिनलाई आफूहरूले सकारात्मक रूपमा लिएको र यसको कार्यान्वयनमा दबाब दिन प्रदर्शन गरिएको बताए ।
उनीहरूले ‘संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू मानव अधिकारप्रति जिम्मेवार बन’, ‘सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’, ‘गोर्खाको पहिचान बेचेर खान पाइँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
FACEBOOK COMMENTS