काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग बेलायती सेनाअन्तर्गत गोरखा ब्रिगेडका कर्नेल कमान्डेन्ट मेजर जनरल जेराल्ड एम. स्ट्रिकल्यान्ड तथा कर्नेल डेभिड जे. रोबिन्सनसहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
सोमबार राष्ट्रपति भवन शितल निवासमा सम्पन्न भेटमा नेपालका लागि संयुक्त अधिराज्य (युनाइटेड किङडम) का राजदूतसमेत सहभागी थिए । सो अवसरमा मेजर जनरल स्ट्रिकल्यान्डले गोरखा ब्रिगेडको सन् २०२५ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका थिए ।
भेटका क्रममा नेपाल–बेलायतबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा समेत छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS