काठमाडाैँ। ब्रिटिश काउन्सिलले उत्कृष्ट IELTS रजिस्ट्रेसन एजेन्टहरूलाई गर्यो पुरस्कृत गरेको छ । राजधानीको एक होटलमा भएको कार्यक्रममा उत्कृष्ट एजेन्टहरुलाई पुरस्कार वितरण गरेको हो । कार्यक्रमले युवा नेपाली विद्यार्थी र पेशाकर्मीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा र करियर विकासका अवसरहरूमा पहुँच प्राप्त गर्न मद्दत गर्ने हाम्रो योगदान स्मरण गर्न IELTS साझेदारहरूलाई एकताबद्ध गरेको काउन्सले जनाएको छ । यस्ता कार्यक्रमले काउन्सल IELTS साझेदारहरू बीचको सम्बन्धलाई थप बलियो बनाउने जनाइएको छ।
कार्यक्रमले २०२३ देखि मार्च २०२४ सम्म IELTS परीक्षामा राम्रो काम गरेका संस्थालाई उक्त सामान दिएको हो ।कार्यक्रमको अवसरमा IELTS उपहार अभियान’ को दोस्रो सिजन पनि सुरु गरिएको थियो । यो अभियानमा प्रत्येक महिना एक विशेष बम्पर पुरस्कार सहित एप्पल म्याकबुक एयर पुरस्कार प्रदान गरिन्छ।
बम्पर पुरस्कारमा टर्किस एयरलाइन्सद्वारा प्रायोजित संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका लागि दुई एकतर्फी टिकटहरू समावेश छन् । बम्पर पुरस्कारमा अष्ट्रेलियाको लागि एकतर्फी टिकट पनि समावेश छ, जुन टर्किस एयरलाइन्स बाहेक कुनै पनि एयरलाइनबाट प्राप्त गर्न सकिन्छ। यो अभियानले ब्रिटिश काउन्सिल र टर्किस एयरलाइन्स बीचको महत्वपूर्ण सहकार्यलाई दर्शाउँछ, जसले पुरस्कार प्रस्तावहरू र IELTS परीक्षार्थी लिनेहरूको लागि अनुभवलाई थप समृद्ध बनाउने काउन्सले जनाएकाे छ।
यस अभियानमा सहभागी हुनको लागि ब्रिटिश काउन्सिलमा IELTS बुक गर्न र भुक्तानी गर्न आवश्यक छ। यो अफर अक्टोबर २०२४ देखि सुरु हुने कुनै पनि परीक्षा मितिहरूको लागि २६ सेप्टेम्बर र ३० नोभेम्बरको बीचमा भुक्तानी गरिएका सबै पेपर र कम्प्युटर रेजिस्ट्रेसन क्ष्भ्ीत्क् को लागि मान्य हुनेछ। कार्यक्रममा काठमाडौंस्थित बेलायती दूतावासका राजनीतिक प्रमुख म्याट वाल्टर्सले भने, “२०० वर्ष भन्दा बढीको साझेदारीमा नेपाल र संयुक्त अधिराज्य बीचको सम्बन्ध वास्तवमै असाधारण छ। शिक्षाले विशेष गरी युवाहरूमाझ गहिरो मित्रता बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ। ’
यस अवसरमा दक्षिण एसिया शिक्षा निर्देशक\नेपालका कार्यवाहक देशीय निर्देशक साल्भाडोर लोपेज कार्बाजलले भने, “परीक्षा र मूल्याङ्कनमा उत्कृष्टताका लागि परिचित संस्था ब्रिटिश काउन्सिलको प्रतिनिधित्व गर्न पाउनु सम्मानको कुरा हो। हामीले वर्षौंदेखि निर्माण गरेको विश्वास क्ष्भ्ीत्क् जस्ता परीक्षाहरू व्यवस्थापन गर्ने मात्र नभइ युवाहरूलाई सफल हुने उपकरणहरू प्रदान गरेर जीवन परिवर्तन गर्नु पनि हो। ’ कार्यक्रममा विभिन्न विधामा जम्मा २९ वटा पुरस्कारहरू प्रदान गरिएको थियो ।
FACEBOOK COMMENTS