काठमाडाैं । नेपाल धितोपत्र बोर्डले तत्काल ब्रोकर लाइसेन्स बाँड्न नपाउने गरि नियमावली संशोधन भएको छ। मन्त्रिपरिषदले पारित गरेर पठाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी) (चौथो संशोधन) नियमावली, २०७९ धितोपत्र बोर्डले जारी गरेको छ ।
संशोधित नियमावलीमा नियमावली प्रारम्भ भएको तीन बर्षपछि बजारको आवश्यकताअनुसार नयाँ धितोपत्र व्यवसायीको लागि आबेदन खुला गर्ने र त्यसको लागि ३० दिनको अवधि दिने उल्लेख छ। नियमावलीको उक्त व्यवस्थाअनुसार धितोपत्र बोर्डले तीन बर्षपछि मात्र तीन तहको नयाँ ब्रोकर लाइसेन्स बाँड्न पाउनेछ।
FACEBOOK COMMENTS