रौतहट । आफ्ना दाजु आवेगमा आउँदा रौतहटमा एक जना बहिनीले ज्यान गुमाउनु परेको छ ।
ज्यान गुमाउनेमा २० वर्षीया तेतरी कुमारी राम छिन् । आफ्नै दाजु दीपेन्द्र कुमार रामले उनको ज्यान लिएका हुन् ।
प्रहरीका अनुसार परोहा नगरपालिका–८ नरकटिया टोल बस्ने २२ वर्षीय दीपेन्द्र कुमार रामले घरायसी विवादको कारण रिस आवेगमा आई बाँसको मुङ्ग्रोले आफ्नी बहिनी तेतरीलाई प्रहार गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएकी तेतरीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनापछि उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनी उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS