काठमाडौं । नेपालका लागि जिली विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विशेष बिक्री योजना “सार्वजनिक गरेको छ ।
यो योजना जिली सिरिजका गाडीहरूमा लागू हुनेछ । यो सीमित अवधिको अफर डिसेम्बर २५, २०२५ देखि जनवरी ७, २०२६ सम्मका लागि उपलब्ध रहनेछ । यस अवधिमा बुकिङ गर्ने ग्राहकहरूले निम्न सुविधाहरू प्राप्त गर्न सक्नेछन्: नगद छुट: ग्राहकले २ लाख रुपैयाँसम्मको प्रत्यक्ष नगद छुट प्राप्त गर्नेछन् । होलिडे प्याकेज: दुई जनाका लागि रुपकोट रिसोर्टमा २ दिन र १ रातको नि:शुल्क बसाई प्याकेज उपलब्ध गराइनेछ ।
थप सुविधाहरू: योजना अन्तर्गत नि:शुल्क एसेसरिज, चार्जर, एक वर्षको सडक दस्तुर र एक वर्षको विस्तृत बीमा समेत समावेश गरिएको छ । एलआरआर मोटर्सले ग्राहकको सहजताका लागि गैरीधारास्थित शोरुमबाट पुराना सवारी साधनको ‘अन–द–स्पट’ उत्कृष्ट मूल्याङ्कन गरी एक्सचेन्ज सुविधा पनि प्रदान गर्नेछ । साथै, टेस्ट ड्राइभ गर्ने सम्भावित ग्राहकहरूले आकर्षक गिफ्ट ह्याम्परहरू समेत प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS