काठमाडौं । बुध्द एयरको जहाज एउटा पांग्रा बिना नै काठमाडौंमा अवतरण गरेको छ । जनकपुरबाट काठमाडौं आएको जहाज अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको हो ।
बुध्दको युफोर५०६ उडान नम्बरको एटीआर७२ नामक९ एन एएनएच कलसाइनको जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
६२ जना यात्रु सवार जहाज नोज ह्वील बिना नै काठमाडौंमा सहजै अवतरण गरेको छ ।
उक्त जहाज जनकपुरबाट ४ बजेर ३९ मिनेटमा काठमाडौं उडान भरेको थियो । काठमाडौंमा ५ बजेर ६ मिनेटमा अवतरण गरेको बताइएको छ । उडान उडान गर्ना साथ एउटा नोज ह्वील जनकपुरमा नै खसेको थियो । त्यो कुरा जहाज अवतरणपछि मात्रै थाहा भएको हो ।
FACEBOOK COMMENTS