काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति रनवेबाट चिप्लिएको बुद्ध एयरको विमान बारे अध्ययन गर्न नागरिक उड्डययन प्राधिकरणका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली भद्रपुर विमानस्थलमा पुगेको छ ।
प्राधिकरणका महानिर्देशक देव चन्द्र लाल कर्णको नेतृत्वमा प्राधिकरण, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिहरूसहित बुद्ध एयरको प्राविधिक टोली आवश्यक उपकरणहरू लिएर शनिबार बिहान भद्रपुर विमानस्थलमा अवतरण गरेको हो ।
यसैबीच बुद्ध एयरले शुक्रबार काठमाडौंबाट भद्रपुरका लागि उडेको जहाज रनवे बाहिर गएको घटनाप्रति गम्भीर रहेको बताउदै दुर्घटनापछि उद्धार कार्यमा तदारुकताका साथ खटिनुहुने नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नागरिक उड्डयन प्राधिकरण तथा बुध्द एयरका कर्मचारीहरूप्रति आभार व्यक्त गरेको छ ।
जहाजमा सवार ५१ यात्रुमध्ये सामान्य घाइते भएका यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किएको बुद्ध एयरले जनाएको छ । विमानमा चालक दलका चार सदस्य पनि थिए ।
FACEBOOK COMMENTS