काठमाडौं । बुद्ध एयर थोत्रा जहाजलाई एकहोरो उडाई रहँदा यात्रुहरुको ज्यान नै जोखीममा पर्न थालेको छ । विराटनगर र पोखरा उडेर दुर्घटना टरेको बुद्धको विमान एउटा २३ वर्ष पुरानो , अर्को १४ वर्ष पुराना हुन् । जति पुरानो भयो मर्मत सम्हार त्यतिनै खाँचो पर्छ । तर बुद्ध एयरलाईन्सले मर्मत सम्हारमा ध्यान नदिएको पाईएको छ । नेपाली आकाशमा ब्यस्त रहने ब्राण्ड यात्रुको सुविधा र विमानको अवस्थामा ध्यान दिन छाडेको देखिन्छ ।
त्यसैले एकै दिन बुद्ध एयरको २ वटा विमानमा गम्भीर प्राविधिक समस्या देखियो । ७३ जना यात्रु बोकेर काठमाडौँबाट विराटनगरका लागि उडेको विमान र काठमाडौँबाट पोखराका लागि उडेको विमानमा गम्भीर प्राविधिक समस्या देखिएको हो ।
विमानमा एसि नचल्ने थरथराउने बुद्धका विमानका सामान्य जस्तै भैसकेको थियो । तर सोमबार विराटनगरका लागि गएको विमान अवतरण गर्ने क्रममा पाङ्ग्रा नै नखुलेपछि बुद्ध एयरको विमानको लापवार्हि खुलेको छ । त्यति मात्र हैन त्यस लगतै काठमाडौँबाट पोखराका लागि उडेको विमानको ककपिटमा पनि समस्या देखिएपछि काठमाडौँमै फर्किएको थियो । सो विमानको ककपिटमा धुवाँ देखिएको थियो। विमान ठिकै भएको भन्दै सो विमान आइतबारै उडाइयो । बुद्धयरका संचालक विरेन्द बहादुर बस्नेतको एक्लौटि दादागिरी र उनको उड्यन प्राधिकरण सँगको मिलेमतोले अझै पनि नेपाली आकाशमा गम्भिर दुर्घटना नहोला भन्ने सम्भावना देखिएको छ । यस विषयमा संचालक विरेन्द बहादुर बस्नेत सँग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।
दुर्घटना हुनवाट जोगिएका विमानको अवस्था
गम्भीर प्राविधिक समस्या देखिएका दुवै विमान सेकेन्ड ह्यान्ड हुन् । विराटनगर जाँदा गम्भीर प्राविधिक समस्या देखिएको ढल्(ब्ल्क्ष् १४ वर्ष पुरानो जहाज हो । बुद्धले यो विमान किनेर नेपालमा ल्याउनु अगाडि भारतको किङफिसर र जेटकोनेक्टले यो विमान उडाउने गरेको थियो । बुद्धले २०१९(९(१४ बाट यो विमान नेपाल ल्याएर उडाउन थालेको हो । यो विमान पहिलो पटक सन् २००७(१२(५ मा उडेको थियो ।
पोखरा जाँदा समस्या देखिएको अर्को विमान त झन् २४ वर्ष पुरानो हो । फ्रान्सको एयर ताहितीले प्रयोग गरेको यो विमान भारतको एयर डेकनले प्रयोग गरिरहेको अवस्थामा बुद्धले सन् २०१० मा किनेर नेपाल ल्याएको हो ।
यो विमान पहिलो पटक सन् १९९७ मा उडेको थियो । सन् २०१२ मा काठमाडौँबाट विराटनगर जानेक्रममा यो विमान चरासँग ठोक्किएको थियो । सो घटनामा विमानमा सामान्य क्षति पुगेको थियो ।
FACEBOOK COMMENTS