काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरा विमानस्थबाट भारतको बनासर सिधा उडानको तयारी थालेको छ । सन् २०२३ को जनवरीबाट पोखरामा निर्माणधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि बुद्धले बनासर उडानको तयारी थालिएको जनाएको छ ।
‘जनवरीदेखि विमानस्थल सञ्चालनमा आउने जानकारी नेपाल नागरिक उडड्न प्राधिकरणले हामीलाई दिएको छ, सोही जानकारी अनुसार हामीले प्रथम उडान पोखरा–बनासर–पोखरा सातामा तीन दिन आईतबार, मंगलबार र बिहीबार बनासर उडानको तयारी थालेका छौँ ’, बुद्ध एयरले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बुद्धले एयर ट्राफिक सर्भिस रुटको लागि नेपाल सरकारको भारतीय सरकारसँग पहल भैरहेको भन्दै भारत सरकारबाट रुट र स्लट स्वीकृति प्राप्त हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन २ उडान र पोखरा देहरादुन–पोखरा हप्तामा तीन उडान गर्ने तयारी थालिएको जनाएको छ ।
हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा बनासर उडान गर्दै आएको छ । यसअघि बुद्धले पोखरा विमानस्थललाई आधार बनाएर प्रादेशिक उडान विस्तार गरेको थियो ।
काठमाडौं विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले पछिल्लो समय अन्तरप्रदेश उडान विस्तार गर्दै पोखराबाट भैरहवा र भरतपुर (चितवन) र नेपालगञ्जमा सिधा उडान विस्तार गरेको थियो ।
FACEBOOK COMMENTS