काठमाडौं, १२ असोज –सोमवार देखि सार्वजनिक निष्कासनमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा दोस्रो दिन मंगलवारसम्म १० लाख ९० हजार ३३३ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुसार मंगलवार साझ ५ः३० बजेसम्म यी आवेदकहरुबाट १ करोड ४१ लाख ५० हजार ५५० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणमा कुल रू। ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्य २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सार्वजनिक निष्कासनमा आएको हो । दोस्रो दिनसम्म कम्पनीको आईपीओ खरिदका लागि मागभन्दा १९ गुणा बढी आवेदन परेको हो ।
मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि असोज १४ गतेसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।
FACEBOOK COMMENTS