काठमाडौँ । बुद्ध एयरले आफ्नो एटिआर ७२–५०० विमानलाई लामो सेवापछि औपचारिक रूपमा अवकाश दिएको जनाएको छ ।
कम्पनीका अनुसार ९ एन–एजेओ दर्ता भएको उक्त विमानले करिब ७० हजार उडान चक्र पूरा गरेपछि सेवा समाप्त गरेको हो । यो विमान विश्वमै प्रारम्भिक रूपमा अवकाश लिने एटिआर ७२–५०० विमानमध्ये एक बनेको बुद्ध एयरले जनाएको छ।
बुद्ध एयरका अनुसार उक्त विमानले नेपालभित्र तथा बाहिरका आकाशमा हजारौँ यात्राको अनुभव सँगाल्दै यात्रुहरूलाई सेवा दिएको थियो । लामो समयसम्म सेवा दिँदै कम्पनीको यात्रामा महत्वपूर्ण योगदान पुर्याएको विमानले अब औपचारिक रूपमा आकाशलाई विदाइ दिएको जनाइएको छ ।
कम्पनीले उक्त विमानलाई बुद्ध एयर परिवारको विशेष सदस्यका रूपमा सधैँ सम्झिरहने पनि जनाएको छ ।
FACEBOOK COMMENTS