काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकीकृत गरी दिगो बनाउने भइको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत यस्तो व्यवस्था गरिएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नियमित आयआर्जन गर्ने व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा समेटिने र छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरी दिगो बनाइने घोषणा गरेका छन् ।
उनले सामाजिक सुरक्षा कार्यक्रमका लागि एक खर्ब नौ अर्ब बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS