काठमाडौं । सरकारले जेन्जी पुस्तालाई सहुलियत ऋण प्रदान गर्न ७३ करोड बजेट विनियोजन गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेन्जी पुस्तालाई सहुलियत ऋण प्रदान गर्न ७३ करोड बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने बताउदै काम खोज्ने युवा होइन, काम दिने युवालाई प्रोत्साहन गर्ने र त्यस्ता युवाहरूलाई स्टार्टअप र उद्यमशीलताका लागि तीन प्रतिशतमा ब्याज उपलब्ध गराउने बताएका छन् ।
FACEBOOK COMMENTS