काठमाडौं । सरकारले युवाहरूलाई उद्यमशील र स्वरोजगार बनाउन बिनाधितो २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने भएको छ ।
सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षित युवालाई बिनाधितो दुई लाखदेखि २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने बताएका हुन् ।
शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा कर्जा उपलब्ध हुनेछ । कर्जाको ब्याजदर तीन प्रतिशत निर्धारण गरिएको छ ।
FACEBOOK COMMENTS