काठमाडौं । सरकारले दलित समुदायमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दलित समुदायको परम्परागत सीप, कला र पेसाको संरक्षणका लागि उक्त कार्यक्रम सञ्चालन गरिने बताए ।
आधुनिक प्रविधिको प्रयोग गरी सुन, चाँदी, काँस, तामा, फलाम, छाला, काठ, पत्थरलगायतका सामग्री उत्पादन र बजारीकरण गरिने उनले बताए । यसका लागि पुँजीगत अनुदान, सहुलियतपूर्ण कर्जा र सीप विकास तालिम उपलब्ध गराउन ५० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
FACEBOOK COMMENTS