काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बजेटले उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधारलाई प्राथमिकता दिएको छ ।
उक्त बजेटका उद्देश्य र प्राथमिकता निम्नानुसार छन् ।
उद्देश्य
(क) उच्च, दिगो एवम् फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने,
(ख) उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने,
(ग) आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक दक्षता वृद्धि गर्ने,
(घ) सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने र
(ङ) गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन गर्ने ।
प्राथमिकता
(क) उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि,
(ख) प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार,
(ग) सामाजिक क्षेत्रमा गुणात्मक सुधार,
(घ) सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र
(ङ) नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार ।
FACEBOOK COMMENTS