काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुने बताएका छन् ।
आज बिहीबार सङ्घीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले त्यसमा उल्लिखित नीति तथा कार्यक्रमको कार्यान्वयमा सघाउ पुग्ने गरी मौद्रिक नीति आउने बताएका हुन् ।
‘बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको कार्यान्वयनबाट आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छु । आगामी वर्ष मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान छ,’ अर्थमन्त्री पौडेलले भने, ‘बजेटमा उल्लिखित नीति तथा कार्यक्रमको कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ ।’
FACEBOOK COMMENTS