काठमाडौँ । वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदीहरूलाई स्वच्छ बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षको बजेटमा काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाउने उल्लेख गरिएको हो । काठमाडौँ उपत्यकाका नदी किनारका करिडोर सडकलाई विस्तार गर्दै लगिने अर्थमन्त्री पौडेलले बताउनुभयो । यसका लागि तीन अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
वाग्मती स्वच्छ बनाउन आर्थिक वर्ष २०५०/५१ देखि नै बजेट विनियोजनसहित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्थापना गरे पनि अझै नदी सफा हुन सकेको छैन । सरकारले आर्थिक वर्ष २०५०/५१ देखि नै विनियोजन गरेको बजेट सदुपयोग नभएकाले वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदी सफा हुन नसकेको गुनासो सुनिने गरेको छ ।
FACEBOOK COMMENTS