काठमाडौँ । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वित्तीय हस्तान्तरणमार्फत प्रदेशहरूलाई ९७ अर्ब ६५ करोड चार लाख रुपैयाँ बजेट पठाएको छ ।
अन्तरसरकारी वित्तीय हस्तान्तरण आर्थिक वर्ष २०८२/८३ प्रतिवेदनअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशलाई १६ अर्ब चार करोड सात लाख रुपैयाँ अनुदान दिइएको छ ।
त्यस्तै, कोशी प्रदेशलाई १४ अर्ब ५० करोड ३३ लाख रुपैयाँ, सुदूरपश्चिमलाई १४ अर्ब २० करोड ७२ लाख रुपैयाँ र लुम्बिनी प्रदेशलाई १४ अर्ब एक करोड ९९ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
बागमती प्रदेशले १३ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ बजेट पाउँदा मधेसले १२ अर्ब ७३ करोड ६४ लाख रुपैयाँ र गण्डकीले १२ अर्ब २३ करोड ६६ लाख रुपैयाँ बराबर बजेट पाएको छ ।
सङ्घ सरकारबाट वित्तीय हस्तान्तरणमार्फत सबैभन्दा कम गण्डकी प्रदेशले पाएको हो ।
FACEBOOK COMMENTS