काठमाडौँ । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
अन्तरसरकारी वित्तीय हस्तान्तरण आर्थिक वर्ष २०८२/८३ प्रतिवेदनअनुसार महानगरपालिकाका लागि ११ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ र उपमहानगरपालिकाका लागि ११ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ अनुदान पठाइएको छ ।
त्यस्तै, नगरपालिकाले आगामी आर्थिक वर्षका लागि केन्द्र सरकारबाट एक खर्ब ४३ अर्ब १० करोड ७३ लाख रुपैयाँ र गाउँपालिकाका लागि एक खर्ब ५४ अर्ब दुई करोड ७० लाख रुपैयाँ अनुदान पठाइएको छ ।
हेर्नुहाेस् सूची-
FACEBOOK COMMENTS