काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि बजेट सार्वजनिक गरेको छ ।
आइतबार राष्ट्रिय सभागृहमा बसेको नगरसभा बैठकमा उपमेयर सुनिता डङ्गोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्र्वजनिक गरेकी हुन् ।
डङ्गोलले महानगरको बजेटमा पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि विनियोजन गरेको बताएकी छन् ।
यसअघि आजैको नगरसभा बैठकमा मेयर बालेन साहले महानगरको नीति तथा कार्यक्रम पेस गरेका थिए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० भित्र सभामा पेस गर्नुपर्ने उल्लेख भए पनि काठमाडौं महानगरमा मेयर बालेन साह र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंबीचको विवादले सो समयभित्र नीति तथा कार्यक्रम र बजेट आउन नसकेको हो ।
FACEBOOK COMMENTS