काठमाडौं । सरकारले नेपालमा बस्तु उत्पादनमा प्रयोग हुने कच्चा बस्तुको भन्सार दर घटाएको छ ।
पहिले कच्चा पदार्थ र तयारी बस्तुको भन्सार कर एउटा भएको भनेर कुरा उठ्ने गरेको थियो । नेपालमा बस्तु उत्पादन गर्दा प्रयोग हुने २५३ प्रकारका कच्चा पदार्थको भन्सारदर घटेको हो ।
आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् । कच्चा पदार्थको भन्सार दर कम हुदा नेपालमा बस्तु उत्पादनको लागि सहज हुने छ ।