काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूची (ग्रेलिस्ट) बाट बाहिर निकालिने बताएका छन् ।
सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रको विश्वसनीयता अभृवृद्धि गर्नु सरकारको महत्त्वपूर्ण कार्यसूची भएकाले त्यसअनुसार देशलाई ग्रेलिस्टबाट मुक्त गर्न सरकार लागिपर्ने बताएका हुन् ।
‘मुलुकलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकादिलली अर्थतन्त्रको विश्वसनीयता अभृवृद्धि गर्नु सरकारको महत्त्वपूर्ण कार्यसूची हुन पुगेको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘पहिलो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त भएको उत्साहजनक नतिजालाई बाह्य पुँजी परिचालनका लागि उपयोग गर्दै माथिल्लो रेटिङ प्राप्त गर्न आर्थिक सुधारका थप कार्यक्रमहरू अघि बढाइनेछ ।’
FACEBOOK COMMENTS