काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ ।
आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाराबाजी गरिरहेको छ भने सभामुख देवराज घिमिरेले संसदको बैठक अगाडि बढाएका छन् ।
बैठक सुरू हुनासाथ रास्वपा र राप्रपाका सांसदले उठेर अवरोध गरेका थिए । सभामुख घिमिरेले संसदको कार्यसूची अगाडि बढाएपछि रास्वपाका सांसदले नाराबाजी सुरू गरेका छन् ।
भिजिट भिसा प्रकरणमा माओवादी केन्द्र सहमतिमा आए पनि रास्वपा र राप्रपाले आफ्नो अडान छोडेको छैन । रास्वपाले संसदमा नाराबाजी जारी राख्दा राप्रपाले आजको बैठक पनि बहिष्कार गरेको छ ।
संसदमा आज बजेटमाथि दोस्रो दिनको छलफल भइरहेको छ ।
FACEBOOK COMMENTS