काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने घोषणा गरेका छन् ।
अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा भने, ‘पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिनेछ । अन्तर्राष्ट्रिय क्षेत्रबाट सक्षम अनुसन्धानकर्ता छनोट गरी रियल अर्थ मेटलको सम्भाव्यता अध्ययन गरिनेछ ।’
यसैगरी, खानीजन्य पदार्थको अन्वेषण, उत्पादन र बजारीकरणको सम्भावना यकिन गर्न विज्ञहरूको सहभागितामा राष्ट्रिय सम्मेलन आयोजना गरिने उनले बताए ।
FACEBOOK COMMENTS