काठमाडौँ । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करको आधा रकम बुढीगण्डकी जलविद्युत आयोजनाका लागि छुट्याउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले इन्धनमा प्रतिलिटर १० रुपैयाँ लिँदै आएको पूर्वाधार विकास करमध्ये आधा रकम अर्थात् ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको हो ।
बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
FACEBOOK COMMENTS