काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गरेका छन्। उनले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने ठोकुवा गरे।
नयाँ शक्तिहरू (रवि–बालेन्द्र) बीचको आन्तरिक द्वन्द्वलाई संकेत गर्दै पोखरेलले विचार नमिल्नेहरूबीच स्वार्थको टकराव आउनासाथ विग्रह हुने बताए।
उनले नयाँ भनिएकाहरूले लोकतन्त्रका स्पेसहरू खुम्च्याउन खोजेको, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रहार गरेको भन्दै त्यसको आलोचना गरे।
उनले एमाले अधिनायकवाद र स्वेच्छाचारी शासनविरूद्ध चट्टान बनेर उभिने स्पष्ट पारे।
संसदमा एमालेको संख्या कम भए पनि भूमिका ‘निर्णायक र आक्रामक’ हुने उनले बताए।
